रास्वपाद्वारा १ जितको खाता खोल्दै ४९ स्थानमा अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ मा जित हासिल गरेर खाता खोलेको छभने ४९ स्थानमा अग्रता लिएको छ ।
काठमाडौं १ की उम्मेदवार ३० वर्षीया रञ्जु न्यौपानेले १५ हजार ४५५ मतसहित विजयी भएकी छिन् । रञ्जु विजयी भए पनि निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा गरेको छैन ।
झापा ५ मा रास्वपाका ३६ वर्षीय उम्मेदवार बालेन्द्र शाह (बालेन) १० हजार १९० मतसहित अग्रस्थानमा छन् ।
मोरङ ४ मा ३४ वर्षीय सन्तोष राजवंशी ९ हजार ६५०, धनुषा ३ मा ४५ वर्षीय मनीष झा ९ हजार ०१२, काठमाडौं ५ मा २९ वर्षीय सस्मित पोखरेल ८ हजार ३८९, काठमाडौं ८ मा ४४ वर्षीय विराजभक्त श्रेष्ठ ७ हजार ६१७, काठमाडौं ६ मा ४७ वर्षीय शिशिर खनाल ७ हजार ४२७, बारा ३ मा ४१ वर्षीय अरबिन्द साह ७ हजार ३८२, काठमाडौं १० मा ५१ वर्षीय प्रदीप विष्ट ७ हजार २६७, रुपन्देही २ मा २८ वर्षीय सुलभ खरेल ७ हजार १५८, काठमाडौं ४ मा ३८ वर्षीय पुकार बम ६ हजार ८३४, काठमाडौं २ मा ५५ वर्षीय राजुनाथ पाण्डे ६ हजार ५८४, कास्की ३ मा ५३ वर्षीय बिना गुरुङ ६ हजार ४७, महोत्तरी १ मा ४० वर्षीय प्रमोदकुमार महतो ५ हजार ७१५ मतसहित अग्रता लिएका छन् ।
चितवन २ मा ५० वर्षीय रवि लामिछाने ५ हजार ४७५, कास्की २ मा ४३ वर्षीय उत्तमप्रसाद पौडेल ५ हजार १७०, दाङ १ मा ६० वर्षीय देवराज पाठक ५ हजार ९, स्याङ्जा १ मा ५० वर्षीय धनञ्जय रेग्मी ४ हजार ९४७, काठमाडौं ७ मा ४६ वर्षीय गणेश पराजुली ४ हजार ६७७, ललितपुर ३ मा ३६ वर्षीया तोसीमा कार्की ४ हजार ५३५, कास्की १ मा ४६ वर्षीय खड्कराज पौडेल ४ हजार ३८०, कञ्चनपुर २ मा ३८ वर्षीय दीपकराज बोहरा ४ हजार २६८, काठमाडौं २ मा ४३ वर्षीय सुनिल के.सी. ४ हजार ११५, झक्तपुर २ मा ३९ वर्षीय राजीव खत्री ४ हजार ८४, मोरङ ५ मा ४२ वर्षीय आशा झा ३ हजार ९७९, चितवन ३ मा ३० वर्षीया सोविता गौतम ३ हजार ६९३, झक्तपुर १ मा ४६ वर्षीय रुकेश रञ्जित ३ हजार ४५१, मोरङ १ मा ४१ वर्षीय यज्ञमणि न्यौपाने ३ हजार ३९५, ललितपुर २ मा ४३ वर्षीय जगदीश खरेल ३ हजार १९९, तनहुँ १ मा ५१ वर्षीय स्वर्णिम वाग्ले २ हजार ९२८ मतसहित अगाडि छन् ।
रौतहट ४ मा ४३ वर्षीय गणेश पौडेल २ हजार ७२५, धादिङ १ मा ३७ वर्षीया आसिका तामाङ २ हजार ६०८, बाँके १ मा ५६ वर्षीय सुरेशकुमार चौधरी २ हजार ५७४, बारा १ मा ४३ वर्षीय गणेश धिमाल २ हजार ४४१, रुपन्देही ३ मा ४८ वर्षीय डा. लेखजंग थापा १ हजार ७९०, बाँके ३ मा ३५ वर्षीय खगेन्द्र सुनार १ हजार ७०४, झापा २ मा ५५ वर्षीय इन्दिरा राना मगर १ हजार ५९९, पाल्पा १ मा ३९ वर्षीय विमल पन्त १ हजार ३०७, उदयपुर १ मा ४० वर्षीय पारशमणि गेलाल १ हजार २२६, मोरङ २ मा ४० वर्षीय कृष्णकुमार कार्की १ हजार १६७, कञ्चनपुर १ मा ५५ वर्षीय जनकसिंह धामी १ हजार ७७, बर्दिया २ मा ५३ वर्षीय श्रीधर पोख्रेल ९३८, रुपन्देही ५ मा ३८ वर्षीय तौफिकअहमद खान ९२५, बारा ४ मा ३९ वर्षीय रहबर अन्सारी ९१८, कञ्चनपुर ३ मा ४३ वर्षीय ज्ञानेन्द्रसिंह महता ७८५, रुपन्दही १ मा ३५ वर्षीय सुनिल लम्साल ६६८, सिरहा ४ मा ३३ वर्षीय तपेश्वर यादव ५५६, कैलाली ५ मा ५० वर्षीय आनन्दबहादुर चन्द ४९० मतसहित अग्रता लिएका छन् ।
दाङ ३ मा ३८ वर्षीय कमल सुवेदी ५०३ मतसहित अगाडि छन् । अर्घाखाँचीमा ३७ वर्षीय हरिप्रसाद भुलास ३२६ मतसहित अगाडि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया