५८ स्थानमा मतगणना हुँदा कांग्रेस यी ४ स्थानमा अगाडि
काठमाडौं । मतगणना जारी रहेका बेला नेपाली कांग्रेसले चार स्थानमा अग्रता लिएको छ ।
शुक्रबार बिहान १० बजेसम्म कांग्रेसले ललितपुर, रसुवा, कपिलवस्तु र कैलालीमा अग्रता लिएको हो । ५८ सिटको मतगणना भइरहेको छ । ४६ सिटमा रास्वपाले अग्रता लिएको छ । एमालेले ५, नेकपाले २ र राप्रपाले १ स्थानमा अग्रता लिएको छ ।
ललितपुर १ मा उदयशम्शेर राणाले २ हजार ६ सय ७४ मतसहित अग्रता लिएका छन् । रसुवामा मोहन आचार्यले २ हजार १८ मतसहित अग्रता लिएका छन् ।
कपिलवस्तु ३ मा अभिषेकप्रताप शाहले १ हजार ८ सय ९० मतसहित अग्रता लिएका छन् । कैलाली १ मा ३४८ मतसहित जनकराज चौधरीले अग्रता लिएका छन् ।
Published : Friday, 2026 March 6, 10:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया