रास्वपा नवलपरासीका जिल्ला सभापति ठकुरी कांग्रेसमा प्रवेश
बर्दघाट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी जिल्लाका सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका छन् ।
नवलपरासीको बर्दघाटको चौपतामा आयोजित कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गरेका ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताएका छन् । उनले रास्वपाका नेताहरूमा ढोंग र अराजकता धेरै रहेको टिप्पणी गरेका छन् ।
Published : Thursday, 2026 February 26, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया