उपचारका लागि कांग्रेस सभापति देउवा सिङ्गापुर प्रस्थान
काठमाडौं । उपचारका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
बुधबार राति देउवा सिंङ्गापुरतर्फ प्रस्थान गरेका हुन् । देउवा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् ।
सभापति देउवा नियमित स्वास्थ्य जाँच गराउन सिङ्गापुर गएका हुन् । देउवा ३/४ दिन सिङ्गापुर बसेर स्वास्थ्य चेकजाँच गराउनेछन् ।
विधि र प्रक्रिया मिचेर गगन थापाले भृकुटीमण्डप भेलाबाट देउवालाई सभापतिबाट अपदस्थ गरेका छन् । थापाले आफैलाई सभापति घोषणा गरेका छन् ।
कांग्रेसको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतमा बिचाराधीन छ । निर्वाचन आयोगले भृकुटीमण्डप भेलाको कागजपत्र समेत गतिलोसँग हेरेको छैन । देउवा पक्षलाई विवादका विषयमा एकशब्द पनि निर्वाचन आयोगले सोधेको छैन ।
सभापति देउवा र नेतृ डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर एक समूहले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो ।
देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना समेत नगरेका गगन थापाले भृकुटीमण्डप भेला बोलाएर विधि र प्रक्रिया मिचेर कांग्रेस कब्जा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया