सुरक्षा निकायहरूद्वारा प्रधानमन्त्रीलाई बिफ्रिङ, भक्तपुर र काठमाडौं बाहेक सबै जिल्लामा पुग्यो मतपत्र
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि ८ दिन बाँकी रहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग बिफ्रिङ लिएकी छिन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरूले बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका छन् ।
सुरक्षा निकायका प्रमुखहरूले एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा रणनीति अघि बढेको उल्लेख गर्दै निर्वाचन बिथोल्ने खालका चुनौती नरहेको निष्कर्ष प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री र सुरक्षा निकायबीचको ब्रिफिङमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी रहेका थिए ।
त्यसअवसरमा प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीबारे सचेत रहन निर्देशन दिएकी छिन् ।
दलहरूले चुनावी गतिविधि तिब्र पारेका छन् । निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पु¥यााएको जनाएको छ ।
राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न निर्वाचन आयोगले अनुरोध गरेको छ । कुनै अवरोध गरेको पाइए दुई लाख रुपियाँ बराबरको जरिवाना हुने पनि आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पु¥याइएको छ ।
काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पु¥याइएको निर्वाचन आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र ७५ जिल्ला पु¥याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन् ।
काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पु¥याइनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया