कांग्रेसका उम्मेदवारहरूलाई ‘हामी जिताउँछौं’ भन्ने भावनासहित प्रचारमा लागौं : विद्वान गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले फागुन २१ गते हुन लागेको निर्वाचन देशलाई निकास दिन महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस पर्वत काठमाडौं सम्पर्क समितिको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भदौ २३ गतेको बिद्रोहलाई २४ गते सँग दाँज्न नमिल्ने बताए । उनले भदौ २४ गतेको बिद्रोहलाई उपलव्धी भन्न नमिल्ने बताए ।

आगामी निर्वाचनमा अग्रज पुस्ताले आफ्ना छोरा÷छोरी, नाती÷नतिनालाई कांग्रेसको उपलब्धिको बारेमा बताउनुपर्ने बताए । कांग्रेस सरकारमा हुँदा जनतालाई सोँचे अनुसारको डेलिभरी दिन चुकेको स्वीकार गरेका छन् ।

तरुण दलका अध्यक्ष गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भए पनि अप्ठ्यारो अवस्थामा निर्मित सरकारले ६ महिनामा निर्वाचन गराउने जिम्मेवारी पाएको हुनाले नेपाली कांग्रेस निर्वाचनमा सहभागी भएको बताए ।

अध्यक्ष गुरुङले कांग्रेसका देशभरिका सबै उम्मेदवारहरूलाई ‘हामी जिताउँछौं’ भन्ने भावना निर्मित गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

तरुण अध्यक्ष गुरुङले बालेन शाह (बालेन्द्र)प्रति लक्षित गर्दै एउटा मेयर भनेको स्थानीय तहको जनप्रतिनिधि भएको बताए । जुन जनप्रतिनिधि आफ्नो कार्य समयमा सम्पन्न नगरी पन्छिन खोज्छ भने उसँग राष्ट्र निर्माणको भिजन नभएको अध्यक्ष गुरुङले बताए । त्यस्ता मान्छेले मुलुक बनाउन नसक्ने उनले बताएका छन् ।

तरुण अध्यक्ष गुरुङले फागुन २१ गतेसम्म आफू नै उम्मेदवार जस्तो सोंचेर सबैजना नेता तथा कार्यकर्ताहरू कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताएका छन् ।

पर्वत जिल्लामा कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार केन्द्रीय सदस्य अर्जुन जोशीलाई चुनाव जिताउन सबैजना दिलो ज्यानले लाग्न अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।

Published : Sunday, 2026 February 22, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया