रास्वपा पराजित हुने भएपछि हर्कतमा आयो, झण्डाको रक्षाका लागि जे पनि हुन्छ : केपी ओली
बिर्तामोड । एमालेका अध्यक्ष केपी ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने चेतावनी दिएका छन् ।
झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाई छ । शनिबार झापाको भद्रपुरमा ३ नं. क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको ओलीले बताए ।
कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाएने बताउँदै ओलीले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन् ।
सूर्य अंकित झण्डा एमालेको आन्दोलनको प्रतिक भएको भन्दै आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई छ, उनले भने, ‘यो अपमानपूर्ण काम स्वीकार्य छैन ।’
रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि शुरु गरेको अध्यक्ष ओलीले बताएका छन् । रास्वपाले चुनाव नजित्ने भएपछि यो तहको हर्कतमा उत्रिएको ओली बताए । झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता स्पष्ट बनाएको छ । दाङमा झण्डा जलाएको घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको आरोप लगाएका छन् ।
यसैबीच, झापा क्षेत्र नं. ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौं जेनजीहरूलाई एमालेमा स्वागत गरेका छन् ।
राष्ट्रिय युवा संघ, भद्रपुरका अध्यक्ष दीपक बुढाथोकीले एमालेमा जेनजीहरूको उत्साहपूर्ण प्रवेशले थप उर्जा मिलेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया