अहिलेको सरकार जनताप्रति जवाफदेही छैन : कांग्रेस नेता निधि
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको बताएका छन् ।
बुधबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि मधेश प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपील गरे ।
उनले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद् नरहेको तथा सरकार जनताप्रति पूर्णरूपमा जवाफदेही नभएको आरोप लगाए ।
संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली कांग्रेसले मात्रै गर्नसक्ने नेता निधिले बताए । नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै उनले संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली कांग्रेस भएको बताए ।
उनले मधेशका ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा तथा कृषि क्षेत्रको विकासमा थप काम गर्नुपर्ने बताए । नेता निधिले नयाँ भनिएका दलहरू मधेसवासीको भावनासँग खेल्न खोजिरहेको आरोप लगाउँदै त्यसतर्फ सचेत हुन समेत सबैमा आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया