कक्षा १२ को परीक्षा वैशाख १४ देखि शुरु हुने

काठमाडौं । कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा सार्वजनिक गरेको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।

सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने जनाएको छ ।

परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने बोर्डले जनाएको छ ।

यसवर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

गत वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ र आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए ।

गतवर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि शुरु भई जेठ २ गते सम्पन्न भएको थियो ।

Published : Wednesday, 2026 February 18, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया