दुई समानुपातिक उम्मेदवार, केन्द्रीय सदस्य र जिल्ला नेताहरूसहितका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापा मगरसहितका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
थामी र मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टीकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी सुस्मिता थापा मगरले बताइन् ।
दोलखा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, सङ्घीय समाजवादी महिला महासङ्घकी सुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
मुलुकको समस्या समाधान हुने विश्वासका साथ नेताहरू कांग्रेसमा समाहित भएको नवप्रवेशी नानु थामीले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया