तरुण अध्यक्ष गुरुङद्वारा मधेसका केन्द्रीय सदस्य र अध्यक्षहरूको बैठक आह्वान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउने रणनीति अन्तर्गत मधेस प्रदेशस्तीय तरुणहरूको बैठक बोलाएका छन् ।

कांग्रेस र कांग्रेसका उम्मेदवारहरूलाई विजय गराउन फागुन ४ गते मधेस प्रदेशमा निर्वाचन सम्बन्धी रणनीतिक छलफलका लागि नेपाल तरुण दल मधेस प्रदेशभित्रका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको बैठक राखिएको अध्यक्ष गुरुङले बताएका छन् । बैठकमा अनिवार्य उपस्थितिका लागि अध्यक्ष गुरुङले निर्देशानुसार अनुरोध गरिएको जनाएका छन् ।

‘बैठकमा नेपाली कांग्रेसको मिति २०८२ फागुन ६ गते जनकपुरमा हुने बृहत आमसभाको तयारीको लागि पनि छलफल हुने जानकारी गराइन्छ,’ अध्यक्ष गुरुङद्वारा शनिबार जारी सूचनामा उल्लेख छ ।

बैठक फागुन ४ गते दिउँसो १ बजे नेपाली कांग्रेस मधेस प्रदेशको कार्यालय, थापाचोक जनकपुरधाममा बस्नेछ ।

Published : Saturday, 2026 February 14, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया