सहानुभूति मत र भाइ राजिकको लोकप्रियता : रौतहट–२ को रुचिमा कांग्रेसका डा.फिर्दोस
संजय सहनी
गौर । रौतहटको क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार डा.फिर्दोस आलमले मतदाता भेटघाट र घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
चुनावको मिति नजिकिएसँगै पूर्वमन्त्री स्व.मोहम्मद अफताब आलमको जेठो छोरा समेत रहेका डा.फिर्दोसले रौतहट– २ का बासिन्दाको कुरा सुन्न तथा मत माग्न घरघरमा पुग्न थालेका छन् ।
२०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित डा.फिर्दोस आफू र आफ्नो परिवारको यस क्षेत्रमा रहेको योगदानलाई नै मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
डा.फिर्दोसले आफूले जिते क्षेत्र विकास र जनताको समस्या सामाधानको लागि अहोरात्र खटने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पूर्वमन्त्री स्व.अफताब आलमका जेठो छोरा हुनुको नाताले डा.फिर्दोसका लागि यो चुनाव आफ्नो पारिवारिक राजनीतिक विरासत जोगाउने र बलियो बनाउने अवसर रुपमा रहेको देखिएको छ ।

‘क्षेत्रबासीको कुरा सुन्ने’ रणनीतिले मतदातासँग प्रत्यक्ष भावनात्मक सम्बन्ध गाँस्न मद्दत पुग्ने र अघिल्लो हारपछिको दूरीलाई कम गर्ने प्रयासमा लागेका डा.फिर्दोसप्रति जनताको जललहर बढेको स्थानीयको भनाई छ ।
२०७९ मा स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित हुनुको मुख्य कारण र मतदाताको असन्तुष्टिलाई सम्बोधन गर्दै यस पटक डा.फिर्दोस थप परिपक्व ढंगले अघि बढेको देखिन्छन् ।
डा. फिर्दोसका लागि यसपटकको चुनाव अघिल्लो पटकभन्दा बढी चुनौतीपूर्ण र महत्वपूर्ण दुवै छ । मतदाताहरूले पुरानो विरासतभन्दा पनि नयाँ कार्ययोजना र भिजनलाई बढी प्राथमिकता दिइरहेका बेला उनको चिकित्सक पेशाको छवि र अरु उम्मेदवारभन्दा युवा भएकोले डा.फिर्दोसका लागि सकारात्मक पक्ष बन्न सक्ने देखिएको छ । डा.आलम रौतहट– २ का मतदातको रोजाइमा परेको कांग्रेसका स्थानीय कार्यकर्ताहरूले बताएका छन् ।
पूर्वमन्त्री स्व.अफताब आलमको सामाज र कार्यकर्तामा लगानी, अर्को तिर कान्छो भाई राजिक आलम राजपुर नगपालिकाको मेयर छन् । राजिक जनता माझ लोकप्रीय छन् ।

मेयर राजिक आलमको छवि र सक्रियताले फिर्दोसलाई थप बल र चुनावी फाइदा पुगिरहेको जानकारहरूको भनाई छ ।
विपक्षीको जालझेलको सिकारबाट ईट्टाभटा काण्डमा जेलमा गएका पूर्वमन्त्री अफताब आलमले अदालतबाट लागेको मुद्दामा सफाइ पाएर स्वर्गबास भएपछि पार्टी र समर्थकको सहानुभूति भोट पनि डा. फिर्दोसलाई जाने कांग्रेस समर्थकको भनाई छ ।
कांग्रेस पार्टी नेता एवं पूर्वमन्त्री स्व.अफताब आलमको विरासत जोगाउने चुनौती र अघिल्लो हारको बदला लिने अवसर डा. फिर्दोसको अगाडि छ । एकातिर पुरानो विरासत र अर्कोतिर नयाँ भिजन खोजिरहेका मतदाताहरू बीचको सन्तुलन नै यो चुनावको निर्णायक विन्दु हुनेछ ।
रौतहट– २ मा कांग्रेसका उम्मेदवार डा.फिर्दोससंगै पूर्व सांसद एवं नेपाली कम्युनिस्ट पार्टीबाट किरण साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शेख सगिर, जसपा नेपालबाट राम बसिस्ठ यादव, एमाले पार्टीबाट महमद अतिउल्लाह र जनमत पार्टीबाट सोनु कुशवाहा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अशोककुमार जयसबाल चुनावी मैदानमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया