लमहीमा विभिन्न दल परित्याग गरेका स्थानीय नेताहरू कांग्रेसमा प्रवेश, सहमहामन्त्री चौधरीद्वारा स्वागत

लमही । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले विभिन्न राजनीतिक दल परित्याग गरेका स्थानीय नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

सोमबार देउखुरीको लमही नगरपालिका वडा नं. ३ मा सहमहामन्त्री चौधरीले विभिन्न राजनीतिक दल परित्याग गरेका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । नवप्रवेशीहरूलाई नेता चौधरीले कांग्रेसको सिद्धान्तलाई आत्मसात गरी संगठन निर्माणमा लाग्न आग्रह गरेका छन् ।

सहमहामन्त्री एवम् उम्मेदवार चौधरीले नेपाली कांग्रेस जनताको विश्वासको पार्टी भएको उल्लेख गर्दै लोकतन्त्र, संविधान र समावेशी विकासका पक्षमा कांग्रेस निरन्तर उभिँदै आएको बताएका छन् ।

सहमहामन्त्री चौधरीले पछिल्लो समय कांग्रेसप्रति आकर्षण बढ्दै गएको बताउँदै कांग्रेसका उम्मेदवारहरूलाई चनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अनुरोध पनि गरेका छन ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का उम्मेदवार रहेका चौधरी यतिबेला आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रका विभिन्न ठाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा राख्दै आएका छन् । उनले जनताको साथ, विश्वास र समर्थनबाट कांग्रेसले यस पटक पनि निर्णायक जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

Published : Monday, 2026 February 9, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया