थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीद्वारा मायादेवी मन्दिरको दर्शन

लुम्बिनी । थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी मायादेवी मन्दिरको दर्शन गरेकी छिन् ।

बुद्धको जीवनसंग सम्बन्धित प्रमुख चार स्थानको भ्रमणमा निस्केकी उनी बिहीबार लुम्बिनी आइपुगेकी हुन् । उनलाई शुक्रबार लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी विकास कोषको योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका छन् ।

सिनेनाथ बिलासकल्यानी बिहीबार भारतको सुनौली नाका हुँदै लुम्बिनी आएकी हुन् ।

४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले सिनेनाथ बिलासकल्यानी लाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन् ।

राजाले सिनेनाथ बिलासकल्यानी लाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।

७० सदस्यीय प्रतिनिधि मण्डलको प्रतिनिधिन्व गर्दै बुद्धले महापरिनिर्वाणको समयमा भनेको चार प्रमुख स्थल बोद्धगया, सारनाथ, कुशीनगर र लुम्बिनीको तीर्थाटनमा निस्केकी उनि भारतका तीन स्थाको दर्शन सकेर नेपाल आएकी हुन् ।

सिनेनाथ बिलासकल्यानी थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत थाइल्याण्ड फर्कने कार्यक्रम रहेको थाइल्याण्डको रादूतावासले जनाएको छ ।

Published : Friday, 2026 January 30, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया