संविधानमा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन गर्नुछ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले शहीदप्रति हार्दिक श्रद्धासुमन व्यक्ति गरेको छ ।
शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को जेनजी विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र संघर्षहरूमा आफ्नो अमूल्य जीवन आहुति दिनु हुने सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।’
‘उहाँहरूले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका छौं,’ कांग्रेसले भनेको छ ।
‘सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ,’ कांग्रेसले भनेको छ, ‘वीर शहीदहरूले देखाउनु भएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व हो ।’
‘आज शहीद दिवसका अवसरमा उहाँहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै शहीदका सपना पूरा गर्ने र उहाँहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछौं,’ कांग्रेसले भनेको छ ।
‘नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्दै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट समुन्नत नेपाल, सम्मानित नेपालीको लक्ष्य पूरा गर्न आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौं,’ कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया