आयोगद्वारा आचार संहिता उल्लंघन गर्ने २१ व्यक्ति र संस्थाहरूसँग स्ष्टीकरण माग
काठमाडौं । आचार संहिता विपरीतका गतिविधि गर्नेहरूसँग निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ ।
बुधबारसम्म आयोगले २१ वटा स्पष्टीकरण सोधेकोमा पाँचवटाको मात्र जवाफ आएको जनाएको छ । राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटासँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिताको उल्लघंन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानूनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानूनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाईले ३०२ वटा हानिकारक सूचनाहरू पत्ता लगाएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।
निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश, जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृत समक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी गर्न आयोगले अनुरोध गरेको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया