नेपाललाई निर्वाचनका लागि भारतले दियो दोस्रो पटक २५० भन्दा धेरै गाडीहरू
काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई निर्वाचन सम्बन्धी सहायताको दोस्रो किस्ता प्रदान गरेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रमेश्वरप्रसाद खनालको उपस्थिति कार्यबाहक राजदूत डा. राकेश पाण्डेले नेपाल सरकारलाई २५० भन्दा बढी सवारीसाधन औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । नेपाल सरकारले माग गरेअनुसार भारत सरकारले आगामी निर्वाचनको तयारीसँग सम्बन्धित सहायताको हिस्सा प्रदान गरिएको भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अर्थमन्त्री खनालले भारत र नेपालको दीर्घकालीन सहकार्य र मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गरेका छन् । उनले आपूर्तिका लागि भारत सरकार र भारतका जनतालाई धन्यवाद दिएका छन् । भारत सरकारको सहयोग नेपालको आगामी निर्वाचनको तयारीमा विशेष महत्व रहने अर्थमन्त्री खनालले बताएका छन् ।
भारत सरकारद्वारा यस्तो निर्वाचन सम्बन्धी सहायताको पहिलो हिस्सा नेपाललाई २० जनवरी २०२६ मा हस्तान्तरण गरिएको थियो । आगामी हप्ता थप सहयोग आउनेछ ।
भारतीय पक्षबाट जारी सहयोग र समर्थन केवल दुवै देशबीचको बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब मात्र नरहेको भारतीय राजदूतावासले जनाएको छ ।
यो सहयोग भारत र नेपालका जनताको बीचको गहिरो आपसी विश्वास र मित्रता पनि प्रतीक रहेको जनाइएको छ ।
कार्यक्रममा निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया