ठाकुरबाबामा एमाले र माओवादीका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश
ठाकुरबाबा । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले एमाले, माओवादी लगायतका दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
बुधबार बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मा आयोजित वडास्तरीय चुनावी भेला तथा पार्टी प्रवेश कार्यक्रममा राठौरले विभिन्न दलका उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
बर्दिया २ मा कांग्रेसका उम्मेदवार समेत रहेका सहमहामन्त्री राठौरले पार्टीलाई थप बलियो बनाउन कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तक एकजुट भै गम्भीरतासाथ लाग्न आग्रह गरेका छन् । राठौरले कामको यथार्थ मूल्याँकन गरी कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।
बर्दियाको विकासमा विगतदेखि आफूले थालेका योजना तथा कार्यक्रमलाई निष्कर्षमा पु¥याउन तथा नयाँ योजना र कार्यक्रममार्फत् विकासमा हातेमालो गर्ने प्रतिवद्धता राठौरले व्यक्त गरेका छन् ।
कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार कलीराम थारु, एमालेसहित विभिन्न दलका स्थानीय नेता कार्यकर्ता तथा विजय शाहसहित सामाजिक अगुवाहरू समेत गरी करीव ३० जना व्यक्तिहरू कांग्रेस प्रवेश गरेका छन् ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया