बित्थडचिरका प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित ५ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ । पालिकाभित्र रहेको सुनकुडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले विभिन्न शीर्षकमा सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुरसहित सुनकुडा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाको सब इन्जिनियर किरण भण्डारीविरूद्ध मुद्दा चलाइएको विज्ञप्तिमा उल्लेख छ ।
रमेशबहादुर अधिकारी, धनबहादुर र हर्कबहादुरसँग २६ लाख ५४ हजार, रमेशबहादुर विष्ट र सब इन्जिनियर किरणसँग २० लाख रूपियाँ बिगो माग दाबी गरिएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया