मधेसको मुद्धा पहिलो प्राथमिकता : प्रदीप यादव
वीरगञ्ज । एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले मधेसको मुद्दा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाका पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार यादवले नेपालीहरूको सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपील गरेका छन् ।
आफ्नो क्षेत्रको मतदाता संगको घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता यादवले जेनजीको माग र भावनालाई कदर गर्दै जेएनजीको सम्पूर्ण माग पूरा गर्ने बताए । उनले विकास, रोजगारी र स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न मतदाताहरूलाई आग्रह गरेका छन् ।
उनले जनताको मतले देशलाई सही दिशामा लैजाने विश्वास व्यक्त गर्दै आफू खानेपानीमन्त्री रहेको वेलामा पर्सा जिल्लाको वीरगञ्ज लगायत मधेसमा चापाकल सुकेर हाहाकार भएको बेला पानीको समस्या समाधान गरेर जनताको मन जितेको बताएका छन् ।
प्रतिनिधिसभा उम्मेदवार यादवले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ता एकताका कारण निर्णायक जित सुनिश्चित रहेको दावी समेत गरेकाछन् ।
यादवले आफू चुनाव जिते पनी न जिते सधै जनताको वीचमा बसेर काम गरी रहेको बताए । यादवले आफू अरु उम्मेदवारको जस्तो खाली चुनाव चुनावका बेला मतदाताको घरमा पुग्ने नेता नभएको बताउँदै चुनावमा मात्र जनताको घरघर पुग्ने उम्मेदवारहरूसँग सावधन रहेर मतदान गर्न मतदातालाई अनुरोध गरेका छन् ।
उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको मुख्य आधार भएको बताए ।
एमालेको संगठन विस्तार र प्रभावशाली नेताहरूको प्रवेशका कारण पर्सा–१ मा चुनावी वातावरण पूर्ण रूपमा एमाले पक्षमा रहेको यादवले दाबी गरेका छन् ।
उहाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेलाई भारी बहुमतले बिजयी गराउन अनुरोध गरे ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया