आईजीपी कार्कीद्वारा रामशाहपथमा ट्राफिकको प्रस्तावित नयाँ भवन निर्माणस्थलको निरीक्षण
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रस्तावित नयाँ भवन निर्माणस्थलको निरीक्षण अवलोकन गरेका छन् ।
बुधबार उच्च प्रहरी अधिकृतहरूसहित ट्राफिक कार्यालय परिसर, रामशाहपथ पुगेका आईजीपी कार्कीले भवन निर्माणस्थलको बारेमा जानकारी लिएका छन् । उनले नयाँ भवन बनाउने क्रममा छिटोछरितो र मितव्ययी रुपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा उत्तेजक समूहले ट्राफिक कार्यालयको भवनामा आगजनी गरेर पूर्णरुपमा क्षति गरेको थियो । भवन र कार्यालयमा क्षति भएपछि ट्राफिक प्रहरीले निकै कठिन अवस्थामा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।
Published : Wednesday, 2026 January 28, 6:42 pm
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया