राष्ट्रपति पौडेलसँग निर्वाचन आयोगका पदाधिकारीहरूद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसाग निर्वाचन आयोगका पदाधिकारीहरूले भेट गरेका छन् ।

बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका छन् ।

राष्ट्रपति पौडेलसमक्ष कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिवेदन बुझाउने क्रममा आयोगका आयुक्तद्वय डा.जानकीकुमारी तुलाधर र सगुनशम्शेर ज.ब.रा., आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2026 January 28, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया