यातायात कार्यालयका कर्मचारी र ट्राफिकका असईसहित १७ जनाको मोबाइल कब्जा

काठमाडौं । यातायात कार्यालय, चाबहिल शाखाका १७ कर्मचारी, ट्राफिक प्रहरीहरूको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जफत गरेको छ ।

मंगलबार कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ मोबाइल अख्तियारको टोलीले जफत गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल नियन्त्रणमा लिएको छ ।

नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको ९ थान मोबाइल जफत गरिएको छ ।

लिखित परीक्षा दिई फेल भएको मितिले ३ मिहना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका पनि अख्तियारले जफत गरेको स्रोतले जनाएको छ ।

चाबहिलका कार्यलय प्रमुखसहित अन्यको कर्मचारी, प्रहरीको मिलेमतोमा ५ हजारदेखि १० हजार लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएकालाई पास बनाउने गरेको पाइएपछि अख्तियारले उनीहरूको मोबाइल जफत गरेको छ ।

Published : Tuesday, 2026 January 27, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया