भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित राजदूतावास विशेष समारोह
काठमाडौं । भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतावास, लैनचौरमा विशेष कार्यक्रम गरेर मनाइएको छ ।
सोमबार कार्यवाहक राजदूत डा. राकेश पाण्डेले राजदूतावासमा भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ गरेका छन् । विशेष समारोह कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहितका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो ।
कार्यवाहक राजदूत डा.पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका छन् । रु. ७ करोड २ लाख बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरू हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको एउटा भिडियो प्रस्तुत गरिएको थियो ।
राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत जीवन्त नृत्य र साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया