कांग्रेस नेता डा.महतद्वारा ककनीका होटल व्यवसायी र स्थानीयहरूसँग भेटघाट
ककनी । नेपाली कांग्रेसका प्रवक्ता एवम् नुवाकोट क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार डा.प्रकाशशरण महतले होटल व्यवसायी र स्थानीयहरूसँग भेटघाट गरेका छन् ।
सोमबार नुवाकोटको ककनीका होटल व्यवसायी तथा स्थानीयहरूसँग प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा छलफल, परामर्श गरेका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका डा.महतले होटल व्यवसायी र स्थानीयहरूसँग सहयोगका लागि आग्रह गरेका छन् ।
डा.महतले चुनाव चिन्ह रुखमा मतदान गरेर आफूलाई विजयी बनाउन ककनीका होटल व्यवसायी तथा स्थानीयहरू आग्रह गरेका हुन् ।
स्थानीयहरूले डा.महतको आग्रहलाई सकारात्मक रुपमा लिएका छन् । उनीहरूले ककनी क्षेत्रका समस्याका बारेमा डा.महतलाई जानकारी गराएका छन् ।
Published : Monday, 2026 January 26, 9:38 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया