रविको सक्कल प्रमाण कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरूद्धको रिटमा सर्वोच्च अदालतले थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ ।

आइतार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले कागजात आएपछि अन्तरिम आदेशका लागि पेस गर्ने आदेश दिएको हो ।

लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको सर्वोच्चमा तीन रिट दर्ता भएका छन् ।

रास्वपाका सभापति लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध रिट परेपछि सर्वोच्च अदालतमा सुनुवाई हुँदै आएको छ ।

Published : Sunday, 2026 January 25, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया