कांग्रेसभित्र मतभेद छैन, सबैको ध्यान बहुमत ल्याउनमै केन्द्रित छ : नेता विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा असर नपरोस् भनेर चुनाव चिन्ह रुख लिएर उम्मेदवारहरू देशभरि प्रतिप्रर्धामा गएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालबाट नेता विश्वकर्माले भने, ‘नेपाली कांग्रेस पार्टीमा विवाद भएकोले निर्वाचन आयोगपछि अदालतमा मुद्दा हुँदाहुँदै पनि निर्वाचनमा असर नपरोस भनि उम्मेदवार छनौटमा सहमति गरि देशव्यापीरूपमा कांग्रेसजनले रूख चिन्हमा निर्विवाद मत माग्ने वातावरण बनाइएको सर्वविदितै छ ।’
‘यसमा माघ ४ गते रातिको मेरो फेसवुक स्टाटसले थप प्रमाणित गर्दछ,’ नेता विश्वकर्माले भने, ‘अहिले हाम्रो पार्टीभित्र कुनै मतभेद छैन र सबैको ध्यान निर्वाचन र रुख चिन्हमा बहुमत ल्याउनमै केन्द्रित छ ।’
पार्टी चुनावी मैदानमा रहेको बेला भ्रामक सूचनाहरू प्रशस्त आउने उनले बताएका छन् । ‘पार्टीका सम्वन्धित व्यक्तिसंग बुझेर मात्र लाईक, कमेन्ट र शेयर गरौं । नेपाली कांग्रेस पार्टी र पार्टीका उम्मेदवारलाई असर पर्ने कार्य कसैले नगरौं,’ नेता विश्वकर्माले भने ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया