बिगतका तिक्तताहरू भुलेर कपिलवस्तुमा ३ वटै क्षेत्रका कांग्रेसका उम्मेदवारलाई जिताऔं : अभिषेकप्रताप शाह
तौलिहवा । नेपाली कांग्रेसका युवा नेता एवम् कपिलवस्तु क्षेत्र नं. ३ का उम्मेदवार अभिषेकप्रताप शाहले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।
शनिबार तौलिहवामा बसेको नेपाली कांग्रेस, कपिलवस्तुको जिल्ला कार्यसमितिको बैठकमा सम्बोधन गर्दै नेता शाहले पार्टीले टिकट दिएपछि आधिकारिक उम्मेदवारहरूलाई बिगतका तिक्तताहरू बिर्सिएर विजयी बनाउन आग्रह गरे ।
उनले भने, ‘बिगतमा जे भयो भयो । अहिले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जिताउने गरी हामी कम्मर कसेर लाग्नु पर्छ । जिल्ला कार्यसमिति, क्षेत्र, नगरले बैठक बोलाउँदा हामी उपस्थित हुने छौं ।’
‘हामीले पार्टीको टिकट लिएर आएका छौं । हरेक वडाका, हरेक गाउँबाट नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवारहरूलाई आ–आफ्नो तर्फबाट, आ–आफ्नो क्षेत्रबाट, आ–आफ्नो वडाबाट, आ–आफ्नो ठाउँबाट हामीलाई सहयोग गर्नु हुन अनुरोध छ,’ नेता शाहले भने ।
‘तीन वटै क्षेत्रका तीन जना उम्मेदवारहरू जिताउने गरी हाम्रो अभियान चलाउनुपर्छ । जिल्लाले आफ्नो अभियान चलाउनुपर्छ । क्षेत्रले आफ्नो अभियान चलाउनुपर्छ । वडाले आफ्नो अभियान चलाउनुपर्छ । नगरले आफ्नो अभियान चलाउनुपर्छ,’ उनले भने ।
कांग्रेसका युवा नेता शाह कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका छन् । चुनावी प्रचार प्रसारमा रहेका नेता शाहले कपिलवस्तुको ३ क्षेत्रका उम्मेदवारहरू विजयी गराएर एकताको सन्देश दिनुपर्ने बताए ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया