दाङ १ मा पूर्वमुख्यमन्त्री विद्रोही, ७२ जनाको उम्मेदवारी फिर्ता, बाबुराम पनि ब्याक
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मैदानमा उत्रेका ३ हजार ४ सय ८७ मध्ये ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिने अधिकांशले इच्छा नभएको भनेका छन् । कतिपयले व्यक्तिगत र सामाजिक कारण देखाएका छन् ।
देशभरका १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४८७ उम्मेदवारी दर्ता भएकोमा ४९ जना उम्मेदवारले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन पत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिनेसम्मका कार्यहरू देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेहरू धेरैजसो स्वतन्त्र उम्मेदवार छन् । केही राजनीतिक दलका छन् । गोरखा– २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले अधिकांश उम्मेदवार र नेताहरूको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताए ।
मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुवीरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएको बताए । मनाङमा पाँच जनाको उम्मेदवारी परेकोमा कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ सुवेदी र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले मनोनयन कायम छ ।
कालीकोटमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका भूपेन्द्रजंग शाही र नेकपाका जीवन बुढालगायतले पनि उम्मेदवारी फिर्ता लिएका छन् । हुम्ला, कालीकोट र सल्यानमा ६ जनाको उम्मेदवारी फिर्ता भएको छ ।
रोल्पामा दुई जनाले, रुकुमपूर्वबाट अमरसिं पुनले, बर्दियाका २ वटै क्षेत्रबाट तीनजनाले, धनकुटामा गंगाराम गोम्देनले, तनहुँ–२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् ।
दलगत रुपमा दाङ १ मा पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र सिन्धुलीमा महेश्वर दाहालले भने आफ्नो दल नेकपाको निर्देशन अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी कायमै राखेका छन् ।
आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदानसमेत गरेको छ । अब प्रत्यक्षतर्फको मतपत्र डिजाइन गरेर छपाइको काम सुरू हुनेछ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया