गगनले भरत, अर्जुन र मुनालाई विधान विपरीत केन्द्रीय सदस्य बनाएपछि आयोगमा उजुरी दर्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको नाममा भृकुटीमण्डप भेलाबाट तीन जना नेताहरू विधान विपरीत केन्द्रीय सदस्य बनेका छन् ।
विधि, विधान, पद्धति र प्रक्रियाको कुरा गर्दै आएका गगन थापाले भरतकुमार शाह, अर्जुनप्रसाद जोशी र मुना भुषाललाई केन्द्रीय सदस्य पदमा निर्वाचित गराएर राखेका छन् । नेपाली कांग्रेसको विधान २०१७ को धारणा ५९ बमाजेजिमको व्यवस्थालाई गगन थापाले उल्लंघन गरेका छन् । विभिन्न पदमा पराजित भएका नेताहरूलाई केन्द्रीय सदस्यमा उम्मेदवार बन्न कांग्रेसको विधानको धारा ५९ ले दिँदैन । विधान विपरीत गगन थापाले तीन जनालाई केन्द्रीय सदस्य बनाएपछि निर्वाचन आयोगमा उम्मेदवारी रद्दको माग गर्दै उजुरी परेको छ ।
भरतकुमार शाह नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि सभापति पदमा पराजित भएका व्यक्ति हुन् । अर्जुनप्रसाद जोशी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको सभापति पदमा पराजित भएका हुन् । मुना भुषाल नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको सदस्य पदमा उम्मेदवार बनेर पराजित भएकी थिइन् ।
१४औं महाधिवेशनमा विभिन्न पदमा पराजित भएका उनीहरूलाई विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएको भन्दै १५औं महाधिवेशन अगावै विशेष महाधिवेशनको पालना गर्नुपर्ने व्यवस्था भए बमोजिम निर्वाचन आयोगको क्षेत्राधिकार अन्तर्गत पर्ने विषय रहेकोले नेपाली कांग्रेसको हालको दल दर्ता गर्ने सन्दर्भमा पदाधिकारीको केही नाम बाहिर आएको भन्दै खारेजी गर्न माग गरिएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ का मनोज राखानले निर्वाचन आयोगमा माघ ४ गते भरतकुमार शाह, अर्जुनप्रसाद जोशी र मुना भुषाललाई केन्द्रीय सदस्य पदबाट हटाउन माग गरेर उजुरी दिएका छन् ।

बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया