पर्सा १ मा कांग्रेस नेता रुंगटाद्वारा मनोनयन दर्ता
वीरगञ्ज । नेपाली कांग्रेसका नेता अनिल रुंगटाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार कांग्रेसका नेता तथा कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेर रुंगटाले मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएपछि रुंगटाले भने, ‘निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेको छु । मलाई उपयुक्त उम्मेदवार ठह¥याई प्रतिनिधि सभा सदस्यको टिकट प्रदान गरेकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति तथा उम्मेदवार सिफारिस प्रक्रियामा समर्थन गर्नुहुने क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिहरूप्रति आभारी छु ।’
‘उम्मेदवारी दर्ताका क्रममा भौतिकरूपमा उपस्थित भई वा अन्य माध्यमबाट ममा उत्साह भर्नुभएका सबैमा धेरै धन्यवाद! प्रतिनिधि सभा सदस्य निर्वाचनमा मलाई विजयी गराई कानून र विकास निर्माणको महत्वपूर्ण जिम्मेवारी प्रदान गरिदिनुहुन पर्सा क्षेत्र नं १ का आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीसँग हार्दिक अपील गर्दछु,’ नेता रुंगटाले बताए ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया