भृकुटीमण्डप भेलाको उपलब्धी, कांग्रेस फुटाएर गगन सभापति, कान्छो ससुरालाई महमन्त्री

काठमाडौं । सुशासन र परिवर्तनको कुरा उठाएर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन गर्न लागेका बेला आफ्नो कान्छो ससुरालाई महामन्त्री बनाउन लागेको खुलासा भएको छ ।

मंगलबार भृकुटीमण्डपमा भएको भेलामा महामन्त्री थापाले आफ्नो कान्छो ससुरा जगदीश्वर नरसिंह केसीलाई विभाजित गर्न लागेको कांग्रेसको महामन्त्री बनाउन लागेका हुन् । महामन्त्री पदमा उम्मेदवारी दिन केसीले मनोनयन फारम किनेर लगेका छन् ।

महामन्त्री थापा सभापति बन्न लागेका छन् । आफू सभापति बन्दै गर्दा थापाले कान्छो ससुरालाई महामन्त्री बनाउन लागेको भनेर भृकुटीमण्डपमा चर्चा चलेको छ ।

गगन–विश्वको भेला भृकुटीमण्डपमा पुस २७ गतेदेखि चलेको छ । कांग्रेस विभाजन गर्न उम्मेदवारी दर्ता भएको छ ।

Published : Tuesday, 2026 January 13, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया