कांग्रेसको विधान विपरीत हुने अबैध भेलाहरूको कुनै अर्थ छैन, नआउनु होला : नेता चापागाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले पार्टीको विधान विपरीत हुने विशेष महाधिवेशन वा भेलाको कुनै अर्थ नरहने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता चापागाईंले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा व्यक्तिगत रुपमा पदाधिकारी वा समूहले विधान विपरीत बोलाउने भेलामा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूसँग अपील गरेका छन् ।

उनले भने, ‘कुनै अर्थ विहीन भेला कि नोकझोक गर्नु कि त नियमित महाधिवेशन सुनिस्चित गरि आफ्नो भावी नीति योजना ल्याएर अगाडि बढ्दा राम्रो हुन्थ्यो । अहिलेको गतिविधिले दुर्घटना निम्त्याउँछ ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा अबैधानिक रुपमा भेला बोलाएर कांग्रेस विभाजन गर्न लागेकोमा नेता चापागाईंले चिन्ता जनाएका छन् ।

Published : Friday, 2026 January 9, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया