नेता निधिमाथि हमला गराएको र पार्टी कार्यालयमा हमला गर्न खोजेको भन्दै गगनको पुत्ला जल्यो
जनकपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका समर्थकहरूले पार्टी कार्यालय, सानेपामा कब्जाको प्रयास गर्ने क्रममा नेता विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको विरोधमा प्रदर्शन भएको छ ।
मंगलबार साँझ जनकपुरधाममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले महामन्त्री थापाको हर्कतविरुद्ध प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले महामन्त्री थापाविरुद्ध नाराबाजी समेत गरेका छन् ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनीहरूले थापाविरुद्ध प्रदर्शन गरेका हुन् ।
Published : Tuesday, 2026 January 6, 9:33 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया