लमहीमा लागुऔषधसहित दुई जना पक्राउ

लमही । जिल्ला प्रहरी कार्यालय, दाङले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

देउखुरीको लमहीमा वडा प्रहरी कार्यालय, लमहीले लागूऔषधसहित दुई जना पक्राउ परेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. ५ लठहवा निवासी २० वर्षीय रन्जित डाँगी र घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २३ वर्षीय सन्दीप पहाडी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार उनीहरूलाई पुस १९ गते बिहान करिब ०२ः१५ बजे लमही बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेका थियो ।

Published : Saturday, 2026 January 3, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया