घमण्ड र अहँकारले गगन–विश्वद्वारा कांग्रेसले नदिएको अधिकार प्रयोग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माभित्र यति धेरै घमण्ड र अहँकारको जन्म भयो कि केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई उल्ट्याउने दुश्साहस गरेका छन् ।

थापा र शर्माको यो दुश्साहसले कांग्रेसलाई ठूलो क्षति हुनेछ । केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई उल्ट्याउने अधिकार केन्द्रीय कार्यसमिति, महासमिति वा महाधिवेशनले मात्रै त्यो निर्णय उल्ट्याउन सक्छ ।

केन्द्रीय कार्यसमितिको बैठकलाई महामन्त्रीद्वय थापा र शर्माले उल्ट्याएर १५औं महाधिवेशनको कार्यतालिकालाई स्थगित गरेका छन् । उनीहरूले गरेको गतिविधिले पार्टी विभाजनतर्फ लगेको छ ।

नियमित महाधिवेशनको कार्यतालिकालाई स्थगित गरेर थापा र शर्माले विशेष महाधिवेशनका लागि जान लागेको बताएका छन् । उनीहरूको कार्य पार्टीको विधान विपरित छ ।

मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत पारित गरेको १५औं महाधिवेशनको कार्यतालिका अनुसार काम गर्न नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशनको प्रक्रिया स्थगित गरेका छन् ।

महामन्त्रीले केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उब्जिएको छ । कांग्रेस विधान अनुसार महाधिवेशन र महासमितिपछिको ठूलो र कार्यकारी निकाय केन्द्रीय समिति हो । केन्द्रीय समितिको निर्णय परिवर्तन गर्न केन्द्रीय समिति, महाधिवेशन र महासमितिले मात्रै सक्छ ।

केन्द्रीय कार्यसमितिको निर्णयलाई उल्ट्याउने अधिकार सभपातिलाई पनि छैन । सभापतिलाई समेन नभएको अधिकार महामन्त्रीद्वय थापा र शर्माले प्रयोग गर्न पाउने त सम्भावना नै छैन ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नियमित महाधिवेशन स्थगित गर्ने महामन्त्रीद्वयको विज्ञप्ति संस्थागत नभई व्यक्तिगत बताएका छन् । महामन्त्री थापा निकटका नेताहरूले पनि केन्द्रीय कार्यसमितिको निर्णयलाई महामन्त्रीद्वयले उल्ट्याउन नसक्ने बताएका छन् ।

बिहीबार जारी संयुक्त सूचनामा महामन्त्रीद्वय थापा र शर्माले भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराइन्छ ।’

Published : Friday, 2026 January 2, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया