रुपन्देही- ३ का कांग्रेस क्षेत्रीय सभापतिद्वारा नाम सिफारिस गरे वापत मोटो रकम असुली, फिर्ता गर्न नेताहरूको माग
भैरहवा । नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ३ ले उम्मेदवार बन्न चाहने इच्छुक नेताहरूसँग नाम सिफारिस गरे वापत मोटो रकम असुली गरेको खुलासा भएको छ ।
कांग्रेस रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुशील गुरुङले उम्मेदवारहरूको नाम नेपाली कांग्रेस, रुपन्देही जिल्ला कार्यसमितिमा सिफारिस गरे वापत प्रत्येक नेताहरूसँग ३० हजारका दलले असुलेका हुन् । गुरुङले २०७९ मा पनि उम्मेदवारको नाम सिफारिस गरे वापत नेताहरूसँग ३० हजारका दरले रकम असुलेका थिए । यस पटक पनि सभापति गुरुङले ३० हजारका दरले रकम असुलेका छन् ।
समानुपातिकको बन्द सूचीमा नाम नपरेपछि क्षेत्रीय सभापति गुरुङसँग नेताहरू रकम फिर्ताको माग गरेका छन् ।
उम्मेदवारको नाम सिफारिस गरे वापत यसरी अबैध असुली धन्दा चलाउने व्यवस्था कतै छैन । तर, क्षेत्रीय सभापति गुरुङले धमाधम रकम उठाएका छन् ।
संविधान सभा सदस्य समेत रहेकी रुपन्देही कांग्रेस नेतृ जन्नतुन निशाले सामाजिक सञ्जालमार्फत नाम सिफारिस गर्न लिएको ३० हजार फिर्ता माग गरेकी छिन् । बुधबार सामाजिक सञ्जालमा दुई पटक ३०÷३० हजारका दरले बुझाएको रकम फिर्ता गर्न क्षेत्रीय सभापति गुरुङसँग माग गरेकी छिन् ।
क्षेत्रीय सभापति गुरुङले २०७९ साल र २०८२ सालमा गरेर दुई पटक प्रतिनिधि सभातर्फ उम्मेदवारीका लागि ६० हजार लिएको नेतृ निशाले बताएकी छिन् । निशाले रकम दिएको चेक र बैंक भौचर पनि सामाजिक सञ्जालमा राखेकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया