महन्थ ठाकुर र उपेन्द्र यादवको दुई पार्टीबीच एकीकरण गर्ने सहमति
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीच एकीकरण गर्ने सहमति भएको छ ।
आइतबार राति जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच पार्टी एकीकरण गर्ने सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ । दुई पार्टीको बैठकमा दोस्रो तहका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘परिवर्तनका मुद्दाहरूलाई मजबूत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो ।’
‘मिति २०८२ पौष १३ गते जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्षद्वय श्री उपेन्द्र यादव र श्री महन्थ ठाकुर सहित दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गदै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबूत गर्दी न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया