हाम्रो दुई ठाउँको घरमा आगो लगाउने सिन्धुपाल्चोकका माओवादी हुन्, यसको बदला लिन्छौं : मोहन बस्नेत
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका नेताहरूको अगुवाईमा आफ्नो दुई वटा घर जलाएको भन्दै उचित समयमा बदला लिने चेतावनी दिएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै नेता बस्नेतले सिन्धुपाल्चोकका माओवादीका नेताहरूको अगुवाईमा आफ्नो घर लुटेर जलाएको बताए । उनले उचित समयमा त्यसको बदला लिने चेतावनी दिए ।
नेता बस्नेतले भने, ‘जेनजीको नाममा लुटेराहरू आगजनी धेरै छन् । त्यसमा भएका आवारागर्दी माओवादीका अधिकांश कार्यकर्ता थिए । हाम्रो दुई ठाउँको घरमा आगो लगाउने सिन्धुपाल्चोकका माओवादी हुन् । उचित बेला यसको बदला लिने छौं । उचित बेला आएपछि ।’
‘यी माओवादीहरूले कांग्रेसलाई चलाउन सक्ने हुती छैन । सिन्धुपाल्चोकका नेताहरूको नेतृत्वमा मोहन बस्नेतलाई कमजोर बनाए कांग्रेस सिध्याउँथ्यौँ त्यसपछि एमालेलाई देखाजाएगा भनेका थिए । एमालेहरू पनि आगो लगाएर माओवादीले धोका दियो,’ बस्नेतले भने ।
‘मोहन बस्नेतको घरमा आगो लगाएर मोहन बस्नेत सिद्धिन्छ ? यहाँ हजारौँ मोहन बस्नेत जन्मिदैन ? मै काठमाडौं भएको भए कसको तागत थियो त्यहाँ ? मेरो अगाडि टिक्ने ?’ प्रश्न गर्दै उनले भने ।
नेता बस्नेतले भने, ‘सरकारको सुरक्षा छैन । कतिखेर प्रधानमन्त्रीलाई जेनजीले चिमोट्ने हो थाहा छैन । गृहमन्त्रीको हालत त्यस्तै छ । अरुको हालत त्यस्तै छ । म दावाका साथ भन्छु सिन्धुपाल्चोक जिल्लामा मैले बारम्बार भन्दै आएको छु । हिजो धेरै वटा संकटकाल ब्यहोरियो । हाम्रो पार्टीका नेता, कार्यकर्ता असुरक्षित कहिल्यै महसुस भएनन् । मैले त्यसैले भनेको हुँ यो देशमा सरकार जसको होस् सिन्धुपाल्चोकको सरकार कांग्रेस हो । त्यसको प्रमुख मोहनबहादुर बस्नेत हो । को सँग लड्ने ? को सँग भिड्नु पर्ने हो ? हामी कानूनले भिड्छौं । जनतालाई सहयोग गरेका छौं ।’
‘घरघर पुगेका छौं । भूकम्पमा होस्, बाढीपहिरोमा होस्, कोभिड भन्नुस् कुन कुरमा हामी यहाँको दाजुभाई दिदीबहिनीहरूसँग मिलेर काम गरेका छैनौं ? कसको घरदैलामो पुगेका छैनौं ? कोभिडको बेलामा कांग्रेसले भ्याक्सिन लिएर राम्रो काम भएको छ,’ बस्नेतले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया