देशमा सरकार जसको होस्, सिन्धुपाल्चोकको सरकार कांग्रेस हो : मोहन बस्नेत
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केन्द्रमा सरकार जसको भए पनि सिन्धुपाल्चोकमा कांग्रेसको सरकार चल्ने बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘मैले त्यसैले भनेको हुँ यो देशमा सरकार जसको होस् सिन्धुपाल्चोकको सरकार कांग्रेस हो । त्यसको प्रमुख मोहनबहादुर बस्नेत हो । को सँग लड्ने ? को सँग भिड्नु पर्ने हो ? हामी कानूनले भिड्छौं । जनतालाई सहयोग गरेका छौं ।’
सिन्धुपाल्चोकका माओवादीका नेताहरूको अगुवाईमा आफ्नो घर लुटेर जलाएको भन्दै नेता बस्नेतले उचित समयमा त्यसको बदला लिने चेतावनी दिएका छन् ।
बस्नेतले भने, ‘जेनजीको नाममा लुटेराहरू आगजनी धेरै छन् । त्यसमा भएका आवारागर्दी माओवादीका अधिकांश कार्यकर्ता थिए । हाम्रो दुई ठाउँको घरमा आगो लगाउने सिन्धुपाल्चोकका माओवादी हुन् । उचित बेला यसको बदला लिने छौं । उचित बेला आएपछि ।’

‘यी माओवादीहरूले कांग्रेसलाई चलाउन सक्ने हुती छैन । सिन्धुपाल्चोकका नेताहरूको नेतृत्वमा मोहन बस्नेतलाई कमजोर बनाए कांग्रेस सिध्याउँथ्यौँ त्यसपछि एमालेलाई देखाजाएगा भनेका थिए । एमालेहरू पनि आगो लगाएर माओवादीले धोका दियो,’ बस्नेतले भने ।
‘मोहन बस्नेतको घरमा आगो लगाएर मोहन बस्नेत सिद्धिन्छ ? यहाँ हजारौँ मोहन बस्नेत जन्मिदैन ? मै काठमाडौं भएको भए कसको तागत थियो त्यहाँ ? मेरो अगाडि टिक्ने ?’ प्रश्न गर्दै उनले भने ।
नेता बस्नेतले भने, ‘सरकारको सुरक्षा छैन । कतिखेर प्रधानमन्त्रीलाई जेनजीले चिमोट्ने हो थाहा छैन । गृहमन्त्रीको हालत त्यस्तै छ । अरुको हालत त्यस्तै छ । म दावाका साथ भन्छु सिन्धुपाल्चोक जिल्लामा मैले बारम्बार भन्दै आएको छु । हिजो धेरै वटा संकटकाल ब्यहोरियो । हाम्रो पार्टीका नेता, कार्यकर्ता असुरक्षित कहिल्यै महसुस भएनन् । मैले त्यसैले भनेको हुँ यो देशमा सरकार जसको होस् सिन्धुपाल्चोकको सरकार कांग्रेस हो । त्यसको प्रमुख मोहनबहादुर बस्नेत हो । को सँग लड्ने ? को सँग भिड्नु पर्ने हो ? हामी कानूनले भिड्छौं । जनतालाई सहयोग गरेका छौं ।’
‘घरघर पुगेका छौं । भूकम्पमा होस्, बाढीपहिरोमा होस्, कोभिड भन्नुस् कुन कुरमा हामी यहाँको दाजुभाई दिदीबहिनीहरूसँग मिलेर काम गरेका छैनौं ? कसको घरदैलामो पुगेका छैनौं ? कोभिडको बेलामा कांग्रेसले भ्याक्सिन लिएर राम्रो काम भएको छ,’ बस्नेतले भने ।

कार्यक्रममा बागमती प्रदेश कार्यसमिति सदस्य एवम् पूर्वप्रदेश मन्त्री मसिना खड्का भण्डारी, समानुपातिक उम्मेदवार एवम् पार्टीका उपसभापति दोर्जे लामा, जिल्ला उपसभापति टंक कार्की, जिल्ला सचिव भक्तध्वज बोहरा, प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवा एवम् महासमिति सदस्य डा.प्रेमध्वज लामा, प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार यास्मिन ढुंगाना, पूर्व जिल्ला सभापति भूपेन्द्रबहादुर थापा, राष्ट्रियसभाका लागि सिफारिस उम्मेदवार एवम् महासमिति सदस्य भोला बोहरा, सिन्धुपाल्चोक क्षेत्र नं. २ का सचिव विष्णु घोरासैनी, मेलम्ची नगरपालिकाका सभापति बसन्त गुरुङ, बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्री, नेपाल महिला संघको केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, क्षेत्र नं. १ का सचिव सञ्चवीर तामाङ लगायतले सम्बोधन गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया