सभापति देउवासँग कांग्रेसका क्रियाशील सदस्य समेत रहेका सञ्चारमन्त्री खरेलद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले भेट गरेका छन् ।
शुक्रबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति देउवासँग सञ्चारमन्त्री खरेलले भेट गरेका हुन् । भेटमा फागुन २१ गतेको निर्वाचन केन्द्रित कुराकानी भएको बुझिएको छ ।
मन्त्री खरेललाई प्रधानमन्त्री सुशीला कार्कीको सन्देशहरू पनि सभापति देउवालाई सुनाएका छन् । कांग्रेसले निर्वाचनमा सहभागी हुने भनेको छ । त्यसका लागि शान्ति सुरक्षाको माग गर्दै आएको छ । चुनाव हुन नसक्ने हो भने कांग्रेसले प्रतिनिधि सभा व्यूँताउन माग गरेको छ ।
सञ्चारमन्त्री खरेल नेपाल कांग्रेसका क्रियाशील सदस्य पनि हुन् । खरेल २०७८ असोजमा दोलखा जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चुनिएका थिए ।
कांग्रेसले आगामी १५औं महाधिवेशन पौषभित्र गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया