ओलीले बयानमा नजाने भनेका बेला तत्कालीन गृहमन्त्री लेखक सोमबार बयान दिन जाने
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै लेखकले भदौ २३ र २४ को घटनाबारे छानविन गर्न बनेको जाँचबुझ आयोग समक्ष बयान दिन जाने बताएका हुन् । उनले आफू पुस १४ गते सोमबार बयान दिन जान लागेको बताए ।
जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई आयोगले बयानका लागि पत्र काटिसकेको छ ।
लेखकले भने, ‘आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । र, मैले आयोगमा जाने निर्णय गरेको छु । जान्छु, आयोगमा जान्छु । उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीले जाँचबुझ आयोगसमक्ष आफूले बयान नदिने चेतावनी दिइसकेका छन् । कुनै हालतमा बयान नदिने बताएका ओलीले जाँजबुझ आयोग र अन्तरिम सरकारलाई चित्त नबुझे गोली हान्न वा थुनामा राख्न सुझाव दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया