जाँजबुझ आयोगले पठायो तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले बयानका लागि पत्र पठाएको छ ।

मंगलबार आयोगले पत्र पठाएर लेखकलाई आयोगमै सात दिनभित्र उपस्थित भएर बयान दिन भनेको छ । लेखकले आयोगको पत्र प्राप्त गरेपछि बयानका बारे के गर्ने भनेर निर्णय लिने बताएका छन् ।

आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान लिइसकेको छ । अब राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया शुरू भएको छ ।

यसअघि, राष्ट्रिय मानवअधिकार आयोगले भने तत्कालीन गृहमन्त्री लेखकसँग सोधपुछ गरिसकेको छ ।

Published : Tuesday, 2025 December 23, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया