एमाले अध्यक्ष ओलीको स्थानहदका सन्दर्भमा सरकार लचिलो बन्नसक्ने संकेत
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् ।
मंगलबार एमालेको पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै खरेलले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताए । सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उनले बताए ।
सञ्चारमन्त्री खरेलले एमाले तथा राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचार–प्रसारलगायतका वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
स्वतन्त्र, भयरहित र धाँदलीरहीत ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनले बताए । खरेलले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताएका छन् ।
सञ्चारमन्त्री खरेलले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गरेका छन् । उनले एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने उनले बताए ।
भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउनेलगायतका विषयका काम गर्ने खरेलले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया