गगन नेतृत्वको समितिले काम गर्न नसकेपछि महाधिवेशन प्रभावित, कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौं । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले तोकिएको समयभित्र काम गर्न नसकेपछि महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८२ पुष ९ गते बुधबार दिनको १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।

बैठमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि मुख्यसचिव पौडेलले आग्रह गरेका छन् । उनले बैठकको एजेण्डाका विषयमा केही भनेका छैनन् ।

महामन्त्री थापा नेतृत्वको समितिले आफ्नो काम गर्न सकेको छैन । महामन्त्रीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । कार्यतालिका प्रभावित भएपछि महाधिवेशनको मिति पनि केही पछाडि सर्नेछ ।

Published : Tuesday, 2025 December 23, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया