यो सरकार निर्वाचन गराउन होइन, भ्रष्टहरूलाई खोजीखोजी मन्त्री बनाउन हिँडेको छ : कांग्रेस नेता खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रिमण्डल विस्तारमा केन्द्रित भएको बताएका छन् ।
सोमबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता खतिवडाले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको बताए । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरू खोजेर हिँडेको बताएका छन् । खतिवडाले सरकारले छानिछानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको बताएका छन् ।
कांग्रेस नेता खतिवडाले वर्तमान सरकारमा केही मन्त्रीहरू भने काम गर्नेजस्ता देखिएको भए पनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको बताएका छन् ।
‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो–जो छन्, तीनीहरुलाई मात्रै खोज्दै हिँडेको छ,’ खतिवडाले भने ।
‘भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरू आएका छन् । केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन्,’ नेता खतिवडाले भने, ‘सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन । हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीव्र गतिमा लागेका छौँ ।’
नेता खतिवडाले कांग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको बताएका छन् । महाधिवेशनका लागि हाल क्रियाशील सदस्य नवीकरण र वितरणको काम भइरहेको उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया