माघ महिनाभित्र संसद ब्यूँतन सक्ने अंक ज्योतिष र बास्तुशास्त्रको संकेत
काठमाडौं । अंकज्योतिष तथा बास्तुविद् देव के.सी. ‘गुरु’ले भदौ २३ र २४ गतेको घटनापछि विघटन भएको प्रतिनिधिसभा ब्यूतिन सक्ने सम्भावना निकै प्रवल रहेको बताएका छन् ।
आइतबार रिपब्लिका दैनिकसँग कुरा गर्दै अंक ज्योतिष तथा बास्तुशास्त्रका अनुसार हेर्दा केही विषयले बिघटन भएको प्रतिनिधिसभा ब्यूँतिन सक्ने सम्भावना देखाएको के.सी.ले बताए । उनले भने, ‘संसद विघटनको कुरा कानूनी र संवैधानिक विषय हो । यो विषय न्यायालयमा बिचाराधीन छ । त्यो विषयमा मलाई थाहा छैन । तर, चिनियाँ पद्धति अनुसारको अंकज्योतिष र बास्तुशास्त्रले बिघटन भएको संसद माघ महिनाभित्र ब्यूँतिन सक्ने केही संकेत गरेको छ ।’
के.सी.ले भने, ‘म भविष्यवाणी गर्ने ज्योतिष बास्तुविद् त होइन । तर, वैज्ञानिक आधारमा बास्तुशास्त्र र विधि, पद्धतिले के गर्छ भनेर हेर्ने गर्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया