पर्वत कांग्रेसका नेताहरूको क–कसको ? कुन–कुन पदमा उम्मेदवारी दाबी ?

कुश्मा । नेपाली कांग्रेस, पर्वतमा झण्डै ३ दर्जन नेताहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभा तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि दावी पेश गरेका छन् ।

पर्वत कांग्रेसद्वारा बुधबार जारी प्रेस विज्ञप्तिअनुसार इच्छुक व्यक्तिहरूले विभिन्न पदहरूमा उम्मेदवारी दर्ता गरेको जनाएको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि दावी पेश गर्नेमा सीता काफ्ले लामिछाने, विद्वान गुरुङ (नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष), राजेन्द्रप्रसाद तिवारी, नवराज गुरुङ, रामबहादुर प्रसाईं, विप्लवजंग हमाल, खगेन्द्रप्रसाद तिवारी, डा.केदार सुवेदी, यामबहादुर मल्ल रहेका छन् ।

त्यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारी दावी गर्नेहरूमा कुलप्रसाद आचार्य, जगतशंकर पौडेल, अर्जुनप्रसाद जोशी, राधाकुमारी कुँवर क्षेत्री, यम पी. भुसाल, सुशील न्यौपाने, मुना भुसाल, राम शर्मा पौडेल, विश्वप्रकाश प्रसाईं, भाष्कर शर्मा पौडेल रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवारी दर्ता गर्नेहरूमा जीतबहादुर नेपाली, सनम बेगम, कुलबहादुर पुन, लालकुमारी कार्की चापागाईं, अशोक उच्चै ठकुरी, जोगमाया प्रसाईं, कमलप्रसाद लामिछाने, मीनाकुमारी के.सी., श्रृजना मल्ल र ललितकला गुरुङ रहेका छन् ।

राष्ट्रियसभा सदस्यतर्फ उम्मेदवारी दर्ता गर्नेहरूमा कृष्ण शर्मा गौडेल, हरेमबहादुर खत्री, खिमप्रसाद भुसाल, र जीतबहादुर सुनार ‘शेरबहादुर’ रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । पार्टी कार्यालयमा उम्मेदवारी र जिल्लापदाधिकारीबीच छलफल गरेर उम्मेदवारीको टुंगो लगाइने जनाइएको छ ।

Published : Thursday, 2025 December 11, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया