वीरबहादुर बलायरसहितका नेताहरूको नाम डोटीबाट सिफारिस

डोटी । नेपाली कांग्रेस, डोटीले प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेश कांग्रेसका सभापति वीरबहादुर बलाययरसहित १७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ गोरखबहादुर विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा, हर्कबहादुर देउवा सिफारिस भएका छन् ।

समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह शाही, प्रसिस महरा, हिक्मतसिंह चोपरा, मायादेवी कुँवर, लालबहादुर वि.क.को नाम सिफारिस भएको छ । राष्ट्रिय सभातर्फ दीपककुमार विष्ट र यज्ञराज पाठकको नाम सिफारिस भएको छ ।

Published : Thursday, 2025 December 11, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया