बर्दिया १ बाट कांग्रेस युवा नेता महेन्द्र शर्मासहितका नेताहरूको नाम सिफारिस

गुलरिया । नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता महेन्द्र शर्मासहित ४ जनाको नाम सिफारिस भएको छ ।

सञ्जयकुमार गौतम, रत्ना थारु, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस भएको बर्दिया कांग्रेसले जनाएको छ ।

गौतम २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । उनी पूर्वमन्त्री पनि हुन् ।

सिफारिसमा परेका महेन्द्रकुमार शर्मा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य हुन् । रत्ना थारू र गंगाधर पौडेल महासमिति सदस्य हुन् ।

प्रतिनिधि सभा समानुपातिकतर्फ मिश्रिलाल यादव, तिलकबहादुर बुढाक्षेत्री, लक्ष्मी ढकाल, रहिस अहमद सिद्धिकी, गोविन्दप्रसाद थारु, कालुराम वि.क. र पुष्पलाल श्रेष्ठको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि अरुणप्रकाश सिंह राठौर, महेन्द्रराज तिवारी र जावेदा खातुनको नाम सिफारिस भएको छ । जावेदना खातुन कांग्रेस केन्द्रीय सदस्य हुन् । अरुणप्रकाश सिंह राठौर जिल्ला सभापति हुन् ।

Published : Thursday, 2025 December 11, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया